वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका थिए ।
उनलाई ३८ जना सांसदले विश्वासको मत दिएका छन् । उनको विपक्षमा राप्रपाको १ मतमात्र खस्यो । यसअघि विश्वासको मत नदिएको कांग्रेसले यो पटक भने विश्वासको मत दियो ।
पुस १० गते एमालेसहितको गठबन्धन बन्दा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र, एकीकृत समाजवादी केन्द्रका २६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा शर्मा नियुक्त भएका थिए । तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रापले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनु परेको हो ।