पाँचदिने सुत्केरी देवमायाले दिइन् एसईई

मुगु । मुगुमा एक सामुदायिक विद्यालयमा पाँचदिने सुत्केरी महिला शुक्रबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छिन् ।

छाँयानाथ रारा नगरपालिका– १३ मा रहेको प्रकाश मावि लुममा अध्ययन गरेकी छात्रा देवमाया बोहोराले एसईईको पहिलो दिन शुक्रबार अंग्रेजी विषयको परीक्षा दिएकी हुन् । छोरालाई जन्म दिएको पाँचौँ दिनमा उनी एसईईमा सहभागी भएकी हुन् । उनले सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिएकी हुन् ।

तर, सुत्केरी भएकाले परीक्षाको तयारी राम्रोसँग गर्न नपाएको उनले बताइन् । ‘सुत्केरी भएदेखि राम्रोसँग आराम गर्न पनि पाएको छैन । परीक्षाको तयारी पनि राम्रोसँग गर्न पाएको छैन,’ उनले भनिन्, ‘जे भए पनि परीक्षा दिनै पर्‍यो । सकेको राम्रो गर्नेछु ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित