उद्योग मन्त्रालय नपाएपछि खानेपानी मन्त्रीले दिए राजीनामा

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । १० पुसमा प्रचण्डलाई समर्थन गरेको जमनतले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो ।

११ पुसमा बिना विभागीयमन्त्री बनेका खानलाई प्रधानमन्त्रीले ३ माघको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । सुरुमा असन्तुष्टि जनाएर मन्त्रालय नगएकाले उनले ११ माघमा पदभार सम्हालेका थिए । पछिल्ला छलफलहरुमा प्रदेश २ को मुख्यमन्त्री र केन्द्रमा उद्योग मन्त्रालय पाउनुपर्ने जनमतको माग थियो ।

त्यसमा सकारात्मक देखिएका प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग मन्त्रालय कांग्रेसलाई दिएपछि खानेपानी मन्त्री खानले राजीनामा दिएका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित