काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।
नयाँ मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे शपथ खुवाउँदै छन् । आज नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्न लागेका हुन् ।
प्राप्त सूचीअनुसार कांग्रेसबाट पूर्णबहादुर खड्का, प्रकाशशरण महत,रमेश रिजाल, सीता गुरुङ मन्त्री हुँदैछन्।
माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेतले पनि मन्त्रीको शपथ लिन लागेका छन्। नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसाल र प्रकाश ज्वाला, जसपाका अकोश राई, लोसपाका शरतसिंह भण्डारी, उन्मुक्तिकी रञ्जिता श्रेष्ठ र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले मन्त्रीको शपथ लिँदै छन्।