काठमाडौंसहित देशभर मौसम खराब, हावाहुरी र चट्याङसहित वर्षा

काठमाडौं । देशभरको मौसममा खराबी आएको छ । बिहीबार साँझ पश्चिम नेपाल भित्रिएको पश्चिमी वायु देशभर फैलिने क्रममा हावाहुरीसहित वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु र स्थानीय वायुका कारण कर्णाली र लुम्बिनीमा वर्षा भएको छ भने काठमाडौंमा पनि वर्षा सुरु भएको छ।

नवलपरासी क्षेत्रमा दुई घन्टामै २५.४ मिलिमिटर वर्षा भएको छ, प्रिमनसुनमा यो भारी वर्षा हो । भैरहवा क्षेत्रमा हावाहुरीका कारण दिउँसै अँध्यारो भएको छ, काठमाडौंमा पनि हावाहुरी चलिरहेको छ।

मकवानपुर क्षेत्रमा चट्याङ परेको छ। पश्चिमी वायु काठमाडौंसम्म विस्तार भएको र पूर्व सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ । यो अवधिमा केही क्षेत्रमा प्रतिघन्टा ७४ किलोमिटरसम्म हावाहुरी चल्न सक्ने चेतावनी पनि महाशाखाले दिएको छ।

पश्चिमी वायुको प्रभाव शुक्रबार र शनिबार रहने र आइतबारबाट सुधार हुने आकलन गरिएको छ। प्रिमनसुनमा छिनमै मौसम खराब हुने, हावाहुरी, चट्याङसहित वर्षा हुने हुन्छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित