महिलासँगको सम्बन्धका कारण डोनाल्ड ट्रम्प पक्राउ पर्दै

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ ।

द न्युयोर्क टाइम्सका अनुसार म्यानहटन ग्रान्ड ज्युरीले उनीविरूद्ध आपराधिक अभियोग लगाउने निर्णय बिहीबार गरेको हो । अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपतिलाई आपराधिक अभियोगमा मुद्दा चल्न लागेको यो पहिलो पटक हो ।

पोर्न स्टार स्ट्रोमी ड्यानियल्सलाई आफूहरूको सम्बन्धबारे चुप रहन ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएको विषयमा अनुसन्धान भएको थियो। ट्रम्पमाथि अरू के के मुद्दामा अभियोग लगाइएको छ भन्नेबारे विस्तृत खुलिसकेको छैन।

सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्न सक्छ। अब ट्रम्पले अदालतसमक्ष आत्मसमर्पण गर्ने अपेक्षा गरिएको छ । उनी आगामी मंगलबार अदालती प्रक्रियाका लागि अदालतमा पुग्ने बताइएको छ।

आत्मसमर्पण नगरे उनलाई पक्राउ गरिनेछ। पूर्वराष्ट्रपति भएकाले उनलाई हतकडी लगाउनेरनलगाउने टुंगो छैन।

ट्रम्पले भने आफू निर्दोष रहेको दाबी गर्दै पछिल्लो घटनाक्रमलाई उग्र डेमोक्र्याटहरूको योजनाअनुसार आफूलाई फसाउने षडयन्त्र भएको बताएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित