विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य कार्यालयसहित वडा कार्यालयहरूमा तालाबन्दी गरेको छ।
प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत संघर्ष समितिले आज ९बिहीबार० धरान उपमहानगरपालिकाको प्रवेशद्वार र वडा कार्यालयहरूमा तालबान्दी गरेको हो।
उनीहरूले उपमहानगरपालिकाको प्रवेशद्वारमा कालो झण्डा राखेर प्रदर्शन गर्नुका साथै कार्यालयको कोशी प्रदेश लेखिएको लेटरप्याडसमेत जलाएका थिए।
संघर्ष समितिले धरानका ५, १५ र १२ नम्बर वडा कार्यालयमा कालो झण्डा राखेर तालाबन्दी गरेको छ। फागुन १७ गते प्रदेशले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेश तनावग्रस्त छ।