फिलिपिन्समा यात्रुवाहक जहाजमा आगो लाग्दा १० जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको दक्षिणमा रहेको बासिलान प्रान्तमा यात्रुहरू चढेको जहाजमा आगो लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
घटनामा लगभग २३० जनालाई उद्धार गरिएको छ ।

बुधवार राति लागेको आगोका कारण नौ अन्य मानिस घाइते भएका छन् ।
वातानुकूलित क्याबिनहरूबाट आगो लाग्न शुरू भएको तटरक्षक प्रमुख कोमोडोर रेजार्ड मार्फेले बताए ।

एमभी लेडी मेरी जोय ३ जहाजमा पानी हालिएको अनि अनि उद्धार गरिएका यात्रुलाई तटमा ल्याइएको थियो ।
उक्त जहाज मिन्दानाओ टापुको जाम्बोआंगा शहरबाट सुलु प प्रान्तमा रहेको जोलो टापुतर्फ जाँदै गर्दा आगो लागेको थियो ।
जहाजको यात्रु सूचीमा २०५ जना चढाइएको भए पनि त्यसभन्दा बढी यात्रु रहेकाले कतिपय यात्रुहरू हराएको हुनसक्ने बासिलानका गभर्नर जिम सालिमानले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित