कांग्रेसबाट मन्त्री छान्ने जिम्मा सभापति देउवालाई

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । आज (बिहीबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति देउवालाई मन्त्री छान्ने अधिकार प्रत्योजन गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

साथै, आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि पनि कांग्रेसले उम्मेदवार चयन गरेको छ । कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन– २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

‘तनहुँ– १ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेविसंघका पूर्व सभापति गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन– २ को उपनिर्वाचनमा पार्टीका पूर्व चिवन सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ,’– प्रवक्ता महतले भने ।

साथै, बारा क्षेत्र नं– २ को हकमा भने आगामी चैत्र १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको बैठक बसेर निष्कर्षमा पुग्ने बताइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित