काठमाडौँ । नेपाली कांग्रेसले तनहुँ- १ मा हुने उपनिर्वाचनमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई आगामी वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार बनाउने निर्णय गरेको हो ।