काठमाडौँ । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन २ बजे बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका छन् ।
आज धेरै छलफल हुन सकेन । प्रधानमन्त्रीको बाहिर जाने कार्यक्रम भएर छिटै बैठक सकियो’, जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘पुनः दुई बजे बस्ने गरी बैठक सिकिएकाे छ ।
उनले धेरै विषय टुगिसकेपनि केही विषय टुङ्ग्याउन बाँकी रहेको बताए । ‘जजसको टुङ्गिएको छैन । उनीहरू दुई बजे आउने कुरा छ, उनीहरूलाई नाम दिन प्रधानमन्त्रीले भन्नुभएको छ’, श्रेष्ठको भनाइ छ ।