शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह : पक्राउ परे कांग्रेसका नेता राई

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता संचालित गिरोहमा संलग्न पूर्वान्चल क्षेत्रका नाइके पथरी घर भएका सागर राई बुधबार अपराह्न बालकुमारीबाट पक्राउ परेका छन् ।

पथरी–शनिश्चरे नगरपालिका, वार्ड १० का निर्वतमान वाडाध्यक्षसमेत रहेका राई नेपाली कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।

‘शरणार्थी बनाउने र अमेरिका उडाउने’ भनेर गिरोह चलाउँदै आएका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई आइतबार अपराह्न काठमाडौंमा पक्राउ गरिएको थियो । त्यसपछि आएको थप जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

आफू निर्वाचित वडाध्यक्ष भएकै बेलामा राईले पूर्वका जिल्ला केन्द्रित हुँदै अमेरिका जाने सपना देखाएर मोटो रकम उठाउन थालेका थिए । यो गिरोहका नाइके दुलालका तर्फबाट पूर्वान्चल क्षेत्रको आर्थिक कारोबार जिम्मा लिएका राईलाई पूर्वमा ‘दुलालको मुन्सी’ भनेर चिनिने गरेको पीडितले जनाएका छन् । स्रोतका अनुसार दुलाल पक्राउ परेपछि उनले आफ्नो बयानमा समेत राईको नाम मुछेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित