सरकारमा ९ दलको सहभागी, कुनलाई कति मन्त्रालय ?

काठमाडौं । सत्ता गठबन्धनको बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छन् ।

आज अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकले मन्त्रालय भागबन्डामा सहमति गरेका छन् । तर कुन दलले कुन मन्त्रालय लिने अझै टुंगो लागिसकेको छैन।

बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने बताए ।

‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ। भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ,’ श्रेष्ठले भने, ‘राष्ट्रिय जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन् ।’

नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ । यस्तै माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २ २, अन्य दलले एक एक मन्त्रालय पाउने सहमति भएको बालुवाटार स्रोतले न्यूज खरीलाई जानकारी दिएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित