सेयर बजारमा वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । बजार लगातार तेस्रो दिन बढेको हो । बुधबार १.०२ अंकले बढेको बजार १९१९.४२ विन्दुमा पुगेर रोकिएको छ । यो ०.०५ प्रतिशतको वृद्धि हो ।

बुधबार कारोबार रकम भने उल्लेख्य घटेको छ । कुल २५८ धितोपत्रको २५ हजार ४१३ वटा कारोबारबाट २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँको मात्र भएको छ । मंगलबार १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको थियो ।

उपसूचकहरुमा समेत बुधबार मिश्रित नतिजा आएको छ । बुधबार सुपरमाइ हाइड्रो र कालिञ्चोक दर्शन प्रालिको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । धौलागिरि लघुवित्त, स्वावलम्बन लघुवित्तसहितका धितोपत्रको समेत मूल्य धेरैले बढेको छ ।

खप्तड लघुवित्त, एनएलजी इन्स्योरेन्स, सृजनशील लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । एनआईसी एसिया बैंक, सानिमामाइ हाइड्रो, शिवम् सिमेन्टसहितका धितोपत्रको सबैभन्दा धेरैले कारोबार भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित