ऋण चुक्ता गर्न पतिको हत्या

सप्तरी । सप्तरीको कंचनरुपस्थित ऋणको रकम चुक्ता गर्न एक महिलाले आफ्नै पतिको हत्या गरेको घटना खुलासा भएको छ ।
कंचनरूप नगरपालिका ३ दास टोलकी कोसीला देवी दासले आफ्नी देउरानी र भाउजु नाता पर्ने एक अर्की महिलाको सहयोगमा पति ३७ वर्षीय शिव शंकर दासको हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

गत कात्तिक ६ गते बिहान ६ बजेको समयमा आफ्नै घरभित्र करेन्ट लगाएर शिवशंकरको हत्या गरेको दासले प्रहरी समक्ष वयान दिएको इलाका प्रहरी कार्यालय कंचनपुर डिएसपी दीपक कुमार रायले जानकारी दिए । प्रहरीले ६ महिनाको अनुसन्धानपछि यो घटना सार्वजनिक गरेको हो ।

शिव शंकर र कोसीला देवीले छोरीको विवाह गर्न र बिमा गर्नका लागि स्थानीय भाउजु नाता पर्ने शान्ती देवी दाससँग ऋण लिएका थिए । सो ऋण चुक्ता गर्न शान्ती देवीले कोसीला र शिवशंकरलाई दैनिक रुपमा धाक धम्की र गाली गलौज गर्दै आएकी थिइन् ।

ऋण तिर्न शिव शंकर र कोसीला देवीले असमर्थता देखाएका थिए । पछि शान्तीदेवीले शिव शंकरको हत्या गरे बिमा वापत ठूलो रकम आउने र सो रकमबाट ऋण पनि चुक्ता हुने र अरु रकमसमेत आउने कुर कोसीला देवीलाई सुझाव दिएकी थिइन् । सोही अनुसार शान्ती देवीले २०७९ साल कात्तिक ५ गते शिव शंकरलाई आफ्नो घरमा बोलाई अत्यधिक मादक पदार्थ सेवन गरी घरतर्फ पठाएकी थिइन् ।

प्रहरीका अनुसार मातेर घर गएका शिव शंकर भान्सा कोठामा गएर सुतेका थिए । घरमा सुतेका बेला शान्ती देवीले आफ्ना पति शिव शंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर बिजुलीको लाइन दिएर करेन्ट लगाएको वयानमा बताएको डीएसपी रायले जानकारी दिए । घरमा करेन्ट लगाउने कार्यमा कोसीला देवीलाई देउरानी हिरण देवी दासले सहयोग गरेको डीएसपी रायले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित