वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा ५५ लाख रुपैयाँको लागतमा डायलायसिस कक्ष तयार गरिएको छ । सिद्धार्थ बैंकले राउण्ड टेबल नेपालसँगको समन्वयमा डायलायसिस कक्ष तयार गरेको हो ।
सिद्धार्थ बैंकले डायलायसिस कक्ष निर्माणका लागि २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग सम्झौता गरेको थियो । सम्झौता बमोजिम बैंकले उपलब्ध गराएको ५५ लाखमा महावीर कन्स्ट्रक्सनले डायलायसिस कक्ष निर्माण गरेको थियो ।बैंकले बुधबार औपचारिक रुपमा डायलायसिस कक्ष अस्पताललाई हस्तान्तरण गरेको छ । नयाँ डायलायसिस कक्षबाट अस्पतालले शुक्रबारदेखि नै सेवा प्रवाह गरिरहेको छ ।