सौर्य एयरलाइन्सले काठमाडौं-पोखरा दैनिक चार उडान गर्ने

काठमाडौँ । सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा उडान थप्ने भएको छ।
हाल दैनिक दुई उडान गरिरहेको सौर्यले आगामी चैत १९ (अप्रिल २)देखि चार उडान गर्ने बताएको छ।

उडानका लागि सौर्यले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको बजार व्यवस्थापक मुकेश खनालले बताए।
सौर्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरा उडान सुरू गरेको हो। जेट विमानको धेरैले रूचाई दिनुभयो। यात्रु अकुपेन्सी राम्रो भएकाले अन्य गन्तव्यको उडान काटेर यो गन्तव्यमा उडान संख्या थप्न लागेका हौं,उनले भने।

उनकाअनुसार जेट विमानमा काठमाडौंबाट पोखरामा २० मिनेटमै पुग्न सकिन्छ। हाल पोखराको हवाई भाडा ४ हजार रुपैयाँ निर्धारण गरिएको उनले बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमानमार्फत उडान गर्दै आएको सौर्यले दैनिक बिहान ८ः३० बजे, ९ः३५ र दिउँसो २ः४० र ३ः३० मा उडान गर्ने तालिका तयार भएको छ।
सौर्यले हाल २ वटा जहाजमार्फत विराटनगर, भद्रपुर र पोखरामा उडान गर्दै आएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित