काठमाडौँ । मोरङ प्रहरीले २३४ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो रंगेली नगरपालिका वडा नं–२ स्थित चेका खोलाबाट गाँजा बरामद भएको हो ।भारतको अररिया जिल्लास्थित ठिङ्गापुर पञ्चायतका दीपक झा र सिन्टुक कुमार सिँहले ल्याउँदै गरेको १५० किलो गाँजा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
थप गाँजा रंगेली नगरपालिका वडा नम्बर ३ स्थित वीर बहादुर कार्कीको घरमा लुकाउने गरेको खुल्नेपछि उनीसहित प्रवीण पासवान र विष्णु कान्त मिश्रलाई समेत पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । सो घरबाट थप ८४ किलो गाँजा भेटिएको प्रहरीको भनाइ छ ।प्रतिवादीहरूलाई मोरङ जिल्ला अदालतबाट लागू औषध कसुरमा दिन ७ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।