घरायसी झगडामा श्रीमती र छोराले गरे बाबुको हत्या

दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्फेसमा एक जनाको हत्या भएको छ। मंगलबार बेलुकी करिब ८ बजे ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३२ वर्षीया चन्द्रा सुनार र १७ वर्षीय शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चन्द्रा रेशमकी श्रीमती हुन् भने शिवराज जेठा छोरा हुन्। घरायसी विवादमा आमाछोरा मिलेर रेशमको हत्या गरेको देखिएको प्रहरीले बताएको छ।
घटनाबारे स्थानीय बासिन्दाबाट खबर पाएपछि राति ११ बजे घटनास्थल पुगेको प्रहरीले मृतककी श्रीमती चन्द्रालाई घरबाटै पक्राउ गरेको थियो। बाबुको हत्या गरेपछि घरबाट भागेका शिवराजलाई पनि प्रहरीले मध्यराति पक्राउ गरेको छ।

मृतक रेशमको शव पोस्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित