शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो

काठमाडाैँ  । शेयर बजार आज मङ्गलवार पनि बढेको छ । हिजो सोमवार झन्डै १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर बढेको छ । पछिल्ला तीन दिन उच्च अङ्कले घटेको माइक्रोफाइनान्स समूहको शेयर आज उच्च अङ्कले बढेको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ५८ वटा कम्पनीका ४० लाख ७७ हजार कित्ता शेयर एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको छ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै सुपरमाई हाइड्रो, एसियन हाइड्रो र सृजनशील लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित