काठमाडौँ । सरकारमा जाने तयारीमा रहेको नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले पाउने मन्त्रालयको संख्या नटुंगिएसम्म भावी मन्त्रीको नाम सार्वजनिक नगर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले पार्टीले पाउने मन्त्रालय टुंगो लागेपछि तत्काल बैठक बसेर मन्त्री हुनेहरुको नाम टुंग्याउने निर्णय गरेको छ । बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले नाम मागेपछि तत्काल बैठक बसेर निर्णय गर्ने बताए ।
सरकारमा सहभागिताको विषयमा व्यापक छलफल गरेका छौं । प्रधानमन्त्रीज्यूले मागेपछि तत्काल बैठक बसेर हामी नाम पठाउने छौं’, उनले भने । प्रवक्ता खतिवडाका अनुसार कुन र कति मन्त्रालय पाउने भन्ने विषयमा कार्यदलले प्रस्ताव गरिसकेकाले सोहीअनुसार गठबन्धनमा सहमति खोजिने छ ।