प्रसाद खाँदा सल्यानमा झन्डै २ सय जना बिरामी

सल्यान । पूजाको प्रसाद खाँदा सल्यानमा एकै गाउँका झन्डै २ सय जना बिरामी परेका छन् । जिल्लाको बाग्चौर नगरपालिका–५ धारापानीस्थित बाहुनठानामा प्रेमबहादुर खत्रीको घरमा लगाइएको सत्यनारायणको पूजाको प्रसाद खाँदा झन्डै दुई सय जना बिरामी भएका हुन् ।

बिरामी भएकामा झाडापखाला, पेट दुख्ने, चक्कर लाग्ने, ग्यास बढ्ने समस्या देखिएको थियो । ुफुड प्वाइजनुका कारण स्थानीय बिरामी परेको स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी भुवन पुनले बताए । फुड प्वाइजनका कारण बालबालिका, बढाबूढी तथा वयस्क सबै प्रभावित भएको उनले जानकारी दिए ।

उनका अनुसार बिरामी परेकालाई उपचार गरेपछि झाडापखाला ठीक भएको तर पेट दुख्ने, ग्यास बढ्ने र चक्कर लाग्ने समस्या भने पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । बिरामी भएका पाँच जनालाई स्वास्थ्य संस्थाबाट प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा पठाइएको थियो । उनीहरुको अवस्था पनि सामान्य छ ।

बाग्चौर नगरपालिकाका स्वास्थ्य प्रमुख हरिबहादुर कठायतले बिरामी भएका सबैलाई उपचारको लागि नगरपालिकाले स्वास्थ्यकर्मी लगायत औषधिको व्यवस्था गरेको बताएका छन् । बिरामी भएका सबै अहिले खतरा मुक्त रहेका उनले जानकारी गराए । केहीमा अलिक बढी समस्या देखिए पनि उनीहरु घरमै बसेर उपचार गराइरहेका उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित