निकुञ्ज छेउका बस्तीमा रेबिजको त्रास

कञ्चनपुर । गाईबस्तुमा एकपछि अर्को गरी रेबिज देखिन थालेपछि स्थानीयमा त्रास फैलिएको छ । खासगरी कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा स्यालको टोकाइबाट गाईबस्तु मरेपछि स्थानीय त्रसित भएका हुन् ।

‘रेबिज लागेर बाख्रा मरेपछि स्थानीयमा त्रास छ,’भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष रामबहादुर बोहराले भने, ‘बाख्रा र अन्य शंकास्पद गाईबस्तुको सम्पर्कमा आएकाहरूलाई पनि खोप लगाउन पहल भइरहेको छ ।’उनका अनुसार निकुञ्जबाट आउने स्यालले टोकेर धेरै गाईबस्तुमा रेबिज देखिन सक्ने आशंका छ । उनले ३६ गाईबस्तुलाई खोप लगाइरहेको बताए ।

स्यालको टोकाइबाट भीमदत्त नगरपालिका र बेदकोटमा केही चौपायाको मृत्यु भएपछि स्थानीय त्रसित बनेका हुन् । शनिबार मात्रै भीमदत्त नगरपालिका १३ बडैपुरमा स्यालले टोकेर एक बाख्रा मरेको थियो । उक्त बाख्राको परीक्षण गर्दा रेबिज पुष्टि भएको पशुपक्षी रोग अन्वेशण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेश जोशीले बताए ।

यसअघि भीमदत्त नगरपालिका ३ तिलकपुर र बेदकोट नगरपालिका १ चम्फापुरमा रेबिजबाट गाईबस्तुको मृत्यु भएको थियो । जोशीले भने,‘दोधारा चाँदनीमा पनि केही गाईबस्तु मरेको जानकारी आएको थियो,तर ढिलो खबर आएकाले परीक्षण हुन सकेन ।’

रेबिज देखिएको स्थानका गाईबस्तुमा खोप लगाइँदै छ । बडैपुरमा ३६ गाईबस्तुमा खोप लगाइएको पशुविज्ञ अस्पताल महेन्द्रनगरका प्रमुख डा.पानसिंह ठगुन्नाले बताए । बडैपुर, चम्फापुर र तिलकपुरका गाईबस्तुलाई खोप लगाइँदै छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित