प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एकीकृत समाजवादीका शीर्ष नेता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।
अध्यक्ष नेपालसहित नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा मन्त्रिमण्डल विस्तार र एकीकृत समाजवादी पार्टीले पाउने मन्त्रालयबारे छलफल भएको बताइएको छ ।
एकीकृत समाजवादीले गृहसहित तीनवटा मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्डले भने नेकपा एसलाई गृहबाहेकका दुईवटा मन्त्रालय दिने तयारी गरेका छन् ।
६ पुसमा दोस्रोपटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले केही दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित