बालबालिकामा बढ्दो डिप्रेशन, कसरी थाहा पाउने लक्षण ?

काठमाडौं । कोभिड– १९ को वैश्विक महामारीले किशोर–किशोरीहरुको मानसिक स्वास्थ्यमा गहिरो असर परेको छ । यद्यपि, कोभिड–१९ को समयमा धुम्रपान र मदिरापानको लत कम भएता पनि अहिले यसको सेवनमा पुनः वृद्धि भएको द लान्सेट चाइल्ड एन्ड एडलोसेन्ट हेल्थ पत्रिकामा प्रकाशित एउटा अध्ययनले दावी गरेको छ ।

अध्ययनको क्रममा वैश्विक महामारीको क्रममा तथा त्यसको दुई वर्षसम्म उत्तरी अमेरिका र आइसल्याण्डडका १३ वर्षदेखि १८ वर्ष उमेर समुहका ६४ हजारभन्दा बढी किशोर–किशोरीमा अध्ययन गरिएको थियो ।

डिप्रेशनको बढ्दो लक्षण

सन् २०२१ मा अमेरिकाको कोलम्बिया विश्वविद्यालय गरिएको अध्ययनमा कोभिड १९ वैश्विक महामारीको विश्वभरी फैलिँदा एक वर्षभित्र १३ देखि १८ वर्ष उमेर समुहका किशोर–किशोरीमा अवसाद अर्थात डिप्रेसनको लक्षण बढेको र उनीहरुको मानसिक स्वास्थ्यमा पनि यसको असर परेको सर्वेक्षणकर्ता र उनका सहकर्मिले पत्ता लगाए । यद्यपि, यो क्रममा धुम्रपान र मदिरापानको लत कम भएको भेटियो । उक्त अध्ययनको निष्कर्षमा ध्यान दिँदै गरिएको नयाँ अध्ययनबाट वैश्विक महामारीको दुई वर्षसम्म प्रकोपको क्रममा किशोर–किशोरीको मानसिक स्वास्थ्यमा यसका नकारात्मक प्रभव रहेको थाहा भयो ।

बालबालिकाप्रति चिन्ता
आइसल्याण्डमा रेकजेविक विश्वविद्यालयमा सहायक प्रोफेसर एवं अध्ययनकी वरिष्ठ लेखिका थोर्हिल्दुर ह्याडोरस्डोटिर भन्छिन् – ‘वैश्विक महामारीको दुई वर्षपछि पनि किशोरमा मानसिक स्वास्थ्य समस्या बढी देखिनु चिन्ताजनक स्थिति हो सर्वेक्षणकर्ताका अनुसार समाजमा घुलमिल, भेटघाटका लागि आमा–बुबाको समर्थन र दिनहु आठ घण्टा अथवा त्यो भन्दा बढी निदाउनुले मानसिक स्वास्थ्य राम्रो हुन्छ ।

बालबालिकामा हुने डिप्रेशनका लक्षण

बालबालिकाको स्वभाव चिडचिडापन आउनु ।
एक्लै बस्न मन पराउनु ।
टाउको दुख्नु, थकानको महसुस हुनु ।
कुनै पनि काममा इच्छा नजाग्नु ।
दिनहुँको गरिने बानी व्यवहारमा परिवर्तन आउनु ।

बालबालिकाको हेरचाह
बालबालिकाको मनमा भएको कुरा बुझ्ने । उनिहरुलाई गाली गरेर भन्दा सम्झाउने कोशिश गर्नु पर्छ ।
बालबालिकालाई उनीहरुसंग एकदम नराम्रो भएको छ भन्ने कुरा अनुभव गराउनु हुँदैन ।
उनीहरुको रुटिनमा डाक्टरको सल्लाह अनुसार मात्र परिवर्तन गराउनु पर्छ ।
उनीहरुसंग खेलहरु खेल्नु पर्छ जसले उनीहरु तपाईँसंग सहज महसुस गर्छन् र तपाईँसंग खुलेर आफ्नो समस्याको बारेमा कुरा गर्न सक्छन् ।
बालबालिकाको अगाडि झगडा गर्नु हुँदैन । यसले उनीहरुको दिमागमा नराम्रो असर पुर्याउँछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित