८ महिनापछि तीन दिनमै लाइसेन्स

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमतिपत्र (लाइसेन्स)को पर्खाइमा बसेका सवारीचालकले तीन दिनमै पाउने बताएका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनमा आफूले गरेका काम सार्वजनिक गर्दै ट्रायल दिएको तीन दिनमा लाइसेन्स पाउने गरी सरकारले काम गरिरहेको बताए। यद्यपि, त्यसका लागि आठ महिनाजति लाग्ने उनको भनाइ छ।

‘विगतमै पेन्डिङ रहेका ८ लाख लाइसेन्स प्रिन्ट हुँदै वितरण गरिएको छ। यसरी भएन भनेर अर्को प्रिन्टिङ मेसिन खरिद गर्ने गृहकार्य सुरु भएको छ। ८ महिनापछि तीनदेखि सात दिनभित्र सेवाग्राहीले लाइसेन्स पाउँछन्। मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडि बढाइन्छ,’ उनले भने।

दैनिक ६ हजारको संख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको मन्त्री श्रेष्ठले बताए। प्रधानमन्त्रीसँगको सल्लाहमा प्रिन्टिङ मेसिन खरिदको प्रक्रिया अगाडि बढाइएको र अर्थ मन्त्रालयले बजेट निकासा गरेपछि थप काम अघि बढ्ने उनले स्पष्ट पारेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित