नेपाली कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम अन्तिम चरणमा रहेका बताएको छ । कांग्रेसले आठ मन्त्रालयको दाबी गरे पनि सात मन्त्रालयमा चित्त बुझाउनुपर्नेमा नेताहरु विश्वस्त छन् । सात मन्त्री र एक राज्यमन्त्री हुने आकलन कांग्रेसभित्र छ ।

शीर्ष तहमा भएको छलफल र सभापति शेरबहादुर देउवाले दिएको आश्वासन लगायतले पाँच जनाको नाम टुंगिएजस्तै छ । कांग्रेस नेताहरुका अनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ मन्त्री बन्ने निश्चित छ ।

प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय एनपी साउद र सीता गुरुङ मन्त्री हुनेको सूचीमा रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।

गृह मन्त्रालयको दाबी गरेका उपसभापति खड्का पार्टीबाट नेतृत्व गरेर सरकारमा जाने भएका छन् । पाँच जनाको नाम करिब टुंगिएकाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याउन बाँकी रहेको छ । त्यसो हुँदा संस्थापन पक्षले मन्त्री र राज्यमन्त्री १ १ र संस्थापनइतरले १ जना मन्त्रीको नाम टुंगो लगाउनुपर्ने हुन्छ । यस्तै उद्योगपति विनोद चौधरी पनि मन्त्री बन्नका लागि आकांक्षी देखिएका छन् ।

सहमहामन्त्री किशोर सिंह राठोर यसपटक मन्त्री भइछाड्ने पक्षमा छन् । सभापति देउवाले आश्वासन दिए पनि राठोर ढुक्क भने भइसकेका छैनन् । मन्त्री हुने दौडमा संस्थापनबाट रामहरि खतिवडाको चर्चा अघिल्लो पङ्तिमा छ ।

यस्तै, तेजुलाल चौधरी, अजय चौरसिया र रमेश रिजाल मधेशबाट मन्त्रीका आकांक्षी हुन् । चौधरी संस्थापनइतरका हुन् । सभापति देउवाले चौरसिया र रिजाल मध्येबाट एक जना रोजे भने संस्थापनइतरका चौधरी मन्त्री हुनबाट वञ्चित हुन्छन् । चौधरी राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् ।

संस्थापन समूहबाट मोहन बस्नेत, उदयशमशेर राणा, वीरबहादुर बलायर लगायत पनि मन्त्रीको तीव्र आकांक्षी छन् । नेता शशांक कोइरालाले आफ्नो तर्फबाट १ जना मन्त्री हुनुपर्ने माग अघि सारेका छन् । दीपक गिरी र दीपक खड्का मध्ये एक जनालाई उनले मन्त्री बनाउन चाहेका छन् । संस्थापनइतर समूहमा रहेका गिरी नेता शशांक निकट छन् । उनकै पहलमा गत साता इतर समूहको भेला समेत भएको थियो ।

संस्थापनइतरमा जीवन परियार, बद्री पाण्डे, सञ्जय गौतम, डिगबहादुर लिम्बु मन्त्रीको आकांक्षी छन् । भौगोलिकता अनुसार मन्त्री छनोट मापदण्ड हुँदा सुदूरपश्चिमबाट साउद मन्त्री बने भने सहमहामन्त्री बद्री पाण्डेसहित बलायरको मन्त्री हुने बाटो रोकिनसक्छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित