ठूलो दुर्घटनाबाट जोगिए दुई जहाज : एटिसीमा रहेका तीन कर्मचारी निलम्बित, एयर इन्डियाको जहाजमा रोक

काठमाडौं । नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज र मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि शुक्रबार बिहान करिब साढे १० बजे हेटौँडा–निजगढमाथिको आकाशमा आइपुगेका थिए ।

विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटिसी)ले सुरुमा निगमको एयरबस ३२० लाई १८ हजार र एयर इन्डियाको जहाजलाई १९ हजार फिट उचाइमा होल्ड गर्न अनुमति दिएको थियो । त्यहीँ आकाशको वरिपरि ११ हजार फिटमाथि अरू जहाज पनि अवतरणका लागि होल्डमै राखिएका थिए ।

एटिसीले सबैभन्दा तल होल्डमा रहेको जहाजलाई प्राथमिकता दिएर विमानस्थलमा अवतरण गराउने गर्छ । र, सबैभन्दा माथि होल्डमा रहेका जहाजलाई डिसेन्ट (उचाइ घटाएर) गराउँदै क्रमशः अवतरण गराउन निर्देशन दिने गरिन्छ ।

तलका जहाज अवतरण गरेर आकाश खाली भएपछिएटिसीले निगमको १८ हजार फिट उचाइमा उडिरहेको जहाजलाई १५ हजार फिट उचाइमा झर्न अनुमति दियो । तर, त्यही समयमै एयर इन्डियाका पाइलटले एटिसीको अनुमतिविनै १९ हजार फिट उचाइमा उडिरहेको जहाजलाई करिब १५ हजार फिटआसपासमा डिसेन्ट गरे ।

निगम र एयर इन्डियाको जहाज करिब–करिब एउटै उचाइ (१५ हजार फिट) मा घुम्न थालेपछि एटिसीहरू अत्तालिए । हवाई सुरक्षा मापदण्डअनुसार आकाशमा उडिरहेका दुईवटा जहाजको भर्टिकल डिस्टेन्स कम्तीमा हजार फिट हुनुपर्छ ।

एयर इन्डियाको जहाजलाई एक्कासि १५ हजार फिटमा झारेपछि निगमको जहाजको ट्राफिक कोलिजन अभोइन्डेन्स सिस्टम (टिकास) अलर्ट भएको थियो । अर्को जहाजसँगको दूरी हजार फिटभन्दा कम हुनासाथ टिकासले अलर्ट दिन्छ । अलर्ट आउनेबित्तिकै निगमका पाइलटले अर्को जहाज आफूनजिक रहेको एटिसीलाई जानकारी गराएका थिए ।

त्यसपछि एटिसीले १५ हजार फिटमा होल्ड भइरहेका अन्य जहाजलाई झन् तल झारेर निगमलाई साढे १३ हजार फिट उचाइमा उड्न सुझाव दियो र एयर इन्डियाको जहाजलाई १६ हजार फिट उचाइ लिन निर्देशन दिएको थियो । यसरी एटिसीको मद्दतमा दुई ठूला जहाज आकाशमै दुर्घटना हुनबाट जोगिए ।

नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले टिकासमा भएको अलर्टका कारण दुई जहाज दुर्घटना हुनबाट जोगिएको बताए । ‘निगमको जहाज १५ हजार फिटमा होल्ड भइरहेको थियो, एयर इन्डियाको जहाज १६ हजार फिटसम्म झर्दा टिकासमा अलर्ट आएको थिएन,’ उनले भने, ‘जहाज १६ हजार फिटभन्दा पनि तल झारेपछि अलर्ट बज्यो ।’

एडर इन्डियाका चालक दलले हवाई सुरक्षामा गम्भीर लापरबाही गरी जहाज झारेका कारण नियमनकारी निकाय क्यानले तीन सदस्यीय छानबिन थालेको छ । समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउनेछ । त्यस्तै, एटिसीमा रहेका तीन कर्मचारीलाई पनि निलम्बन गरिएको छ भने एयर इन्डियाका पाइलटलाई पनि तत्काल जहाज उडानमा रोक लगाइएको छ ।

‘छानबिन रिपोर्ट नआउँदासम्म एटिसीलाई सक्रिय ड्युटीबाट हटाइएको छ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियालाई पत्राचार गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित