नेपाली सेनाको ट्रक पल्टियो, तीनजना घाइते

मुग्लिन । नारायणयढ सडकखण्डमा नेपाली सेनाको ट्रक पल्टिएको छ।
भैरवनाथ गण काठमाडौंको लु.१ग १०९ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा सोही ट्रकमा सवार १४ जनामध्ये तीजना घाइते भएका छन्।

भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ट्रक पल्टिएको हो।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार ट्रक चालक नेपाली सेनाको अमल्दार कृष्ण प्याकुरेल (३३ वर्ष), जम्दार उत्तम कार्की ( ३९ वर्ष)र अमल्दार केआई सिंह ( ३२ वर्ष ) का घाइते छन्।

उनीहरूलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ। उक्त ट्रक काठमाडौंबाट बाराका लागि हिँडेको थियो।
दुर्घटनाका कारण उक्त स्थानमा एकतर्फ मात्र यातायात सञ्चालनमा छन्। पल्टीको ट्रक पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित