काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको परिवार र प्रशासनबीच वार्ता हुँदैछ । घटनापछि न्यायको माग गर्दै परिवार, आफन्त र समर्थकहरूले आन्दोलन गरिरहेका बेला विवाद समाधान तथा घटनाका विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र परिवार पक्षबीच वार्ता हुन लागेको हो।
नेपालीको परिवारका सदस्यहरू वार्ताका लागि प्रशासन आउँदै गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
परिवारले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ।
यसअघि गणेश नेपालीको न्यायको माग गर्दै आजै वीर अस्पताल अगाडि प्रदर्शनसमेत भएको थियो । प्रदर्शनका क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल समेत भएको थियो।
काठमाडौं महानगर प्रहरीसँगको विवादपछि बिहीबार आत्मदाह गरेका नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो ।



































