आत्मदाह प्रयास गरेका गणेशको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा उपचार हुँदै

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक छ। उनको अहिले वीर अस्पतालमा उपचाररत छन्।

उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्ने तयारी भइरहेको छ। बिरामीको शरीरको झन्डै ६० प्रतिशत भाग जलन भएको डा. दाहालले जानकारी दिए ।

‘बिरामीको अनुहार, टाउको, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भागमा गम्भीर जलन भएको छ। आकस्मिक कक्षमा उपचार गराइरहेका छौँ। एनेस्थेसिया टोलीसँग समन्वय गरी आईसीयूमा सार्ने तयारी भइरहेको छ,’ उनले भने।

डा. दाहालले बिरामीले सामान्यरूपमा बोल्न सक्ने अवस्था भए पनि स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताए। उनले भने, ‘शरीरको ६० प्रतिशत भाग जलन भएकाले अवस्था चिन्ताजनक छ। हामी उपचारकै क्रममा छौँ।’

चिकित्सकका अनुसार शरीरको ठूलो भागमा जलनका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य अंगमा संक्रमणको जोखिम उच्च हुने भएकाले प्रारम्भिक २४ देखि ७२ घण्टा अत्यन्त संवेदनशील मानिन्छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित