बुर्तिबाङ अस्पताललाई शाइन रेसुङ्गा बैंकको सहयोग

बुर्तिबाङ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बुर्तिबाङ अस्पताललाई १० थान लो बेड र म्याट्रेस सहयोग हस्तान्तरण गरेको छ । बैंकको बुर्तिबाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आज बुर्तिबाङ अस्पताललाई १० थान लो बेड र १० थान म्याट्रेस सहयोग गरेको हो।

अस्पतालमा भर्ना हुने बिरामी तथा उनीहरूका कुरुवाहरूको सहजताका लागि उक्त सामग्रीहरू उपलब्ध गराइएको बैंकका बुर्तिबाङ शाखा प्रबन्धक श्री प्रेम पौडेलले जानकारी दिए।

स्थानीय टंकप्रसाद पौडेल, कुलपति सापकोटा, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल भुषाल, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अविनाश पोखरेल, अस्पताल नर्सिङ निरीक्षक पार्वती अर्याललगायतको उपस्थितिमा सामग्रीहरू हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा अस्पताल जस्तो महत्वपूर्ण र संवेदनशील स्थानमा बिरामी कुरुवाका लागि आवश्यक सामग्री उपलब्ध गराएर सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल भुषालले बैंकलाई धन्यवाद व्यक्त गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित