काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ कायम भएको छ ।
गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार १०० र चाँदी चार हजार १८० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार आठ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
































