पेस्तोल र गोलीसहित होटलबाट दुई युवक पक्राउ

जनकपुर । जनकपुरस्थित एक होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ परेका छन्।

धनुषाको जनकपुर उपमहानगरपालिका-९ थापा चोकस्थित होटलबाट शनिबार दुई युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका-४ मुखियापट्टी का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका ६ सोनीगामा का १८ वर्षीय सुधिर मुखिया रहेका छन्।

प्रहरीका अनुसार, सुरक्षा जाँचका क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको ‘इग्लर र्‍याप्टर’ लेखिएको पेस्तोल बरामद गरिएको हो। त्यससँगै ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गोली पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा राखिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित