काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या १९ पुर्याउने निर्णय गरेको छ ।
यसअघि विधानमा वरिष्ठ नेताको पद थिएन । अब विधानमा वरिष्ठ नेताको पद रहने भएको छ । यसअघि १३ पदाधिकारी हुने व्यवस्था थियो । विधान संशोधन गरेर १९ पदाधिकारी पुर्याउने निर्णय गरेको हो ।
त्यस्तै, केन्द्रीय समितिको संख्या बढाउने भएको छ । केन्द्रीय समितिको संख्या १२९ बाट १५८ पुर्याउने निर्णय गरिएको रास्वपा स्रोतले बतायो । रास्वपाको महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदै छ । सचिवालय बैठकले महाधिवेशनलक्षित निर्णय गरेको छ ।



































