राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान नियन्त्रणमा लिएका अर्यालसँग अहिले आयोगको कार्यालय टंगालमा बयान भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ।

राहदानी छपाईको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ। त्यही क्रममा अर्याल पनि पक्राउ परेका हुन्।

यसअघि नै अख्तियारले राहदानी विभागबाट यससम्बन्धी कागजात नियन्त्रणमा लिइसकेको थियो। कागजात अध्ययन लगतै अर्यालसँग बयान लिन थालेको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले भने कार्यालयमा बयान दिन आउने जाने चलिरहने भएकाले आज को-को बयान दिन आएका छन् भन्ने जानकारी नभएको प्रतिक्रिया दिए।

‘अनुसन्धानका क्रममा रहेका सबै विषय हामीलाई जानकारी हुँदैन। यहाँ बयान दिन आउने जाने क्रम चलिरहन्छ । आज को-को बयान दिन आएका छन् ककसको बयान भइरहेको छ भन्ने जानकारीमा छैन। अनुसन्धान भइरहेको विषय हामीले भन्न पनि मिल्दैन’, न्यौपानेले भने।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित