नेपाली कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो: शशांक कोइराला

विराटनगर। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन् । विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च र निर्वाचन आयोगका कारण काँग्रेस व्यवहारिक रूपमा विभाजनको अवस्थामा पुगेको बताएका हुन् ।

कोइरालाले सर्वोच्च अदालत र निर्वाचन आयोगको गलत निर्णयका कारण पार्टी आज यो विभाजनको अवस्थामा आइपुगेको आरोप लगाए। अहिलेको परिस्थितिमा सबैभन्दा ठुलो र प्राथमिक आवश्यकता पार्टी एकता नै भएको स्पष्ट पार्दै उनले कांग्रेस बलियो नभई देशको विकास सम्भव नहुने जिकिर गरे ।

उनले परिवर्तनको पक्षमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर लड्नुपर्ने बताए । उनले वर्तमान सभापति गगन थापालाई लक्षित गर्दै कोइरालाले यति धेरै पुराना र अनुभवी नेताहरू बाहिर रहँदा एक्लै पार्टी चलाउन सम्भव नहुने दाबी गरे ।

उनले भने, ‘लामो संघर्ष र ठुलो बलिदानबाट बनेको कांग्रेस अहिले टुक्रिएको अवस्थामा पुग्नु पीडादायी छ । यो पार्टी आफैँ नटुक्रिएको बरु यसलाई टुक्र्याइएको छ ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित