गृह मन्त्रालयलाई सर्वोच्चको अन्तरिम आदेश– एसईईमा जफत गरिएका मोबाइल र डाटा नष्ट नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले एसईई दिने विद्यार्थीबाट जफत गरिएका मोबाइल र डाटाहरू नष्ट गर्ने कार्य रोक्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिरहालाई अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी र युवा कानुन व्यवसायीले दिएको रिटमाथि बहस सकिएपछि बुधबार उक्त आदेश जारी गरेको हो ।

“यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा विचार गर्दा सुविधा र सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म जिल्ला प्रशासन कार्यालय सिराहाको मिति २०८२।१।१३ को सूचनामा उल्लेख भएको परीक्षा हलभित्र भेटिएका मोबाइल र सोको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी प्रत्यर्थीलाई दिनू,” अन्तरिम आदेशमा भनिएको छ ।

उक्त प्रकरणमा सर्वोच्चले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिरहालाई लिखित जवाफ पेस गर्न समेत आदेशमा भनेको छ । निवेदकको तर्फबाट उपस्थित अधिवक्ताहरू विकास यादव र अनिलकुमार साहले बहसका क्रममा मोबाइल पानीमा डुबाउने कार्यले महत्त्वपूर्ण रेकर्ड, डकुमेन्ट, डाटा, पारिवारिक तस्बिर सबै नष्ट हुने अवस्थामा रहेकाले थप क्षति हुनबाट जोगाउन अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका थिए ।

पीडितको हकमा ल लेन्स नेपाल संस्थाका सञ्चालक तथा अधिवक्ता अनिलकुमार साह, सिरहा नगरपालिका–८ का आभास दास, सिरहा नगपालिका–२ का महेशकुमार महासेठ, सोही ठाउँका रमणकुमार यादव, मलंगवा नगरपालिका–११ का विकास यादव, रुपन्देही रोहिणी गाउँपालिका– ५ का अनिशकुमार यादवले रिट दायर गरेका हुन् ।

सिरहाका दर्जनौँ परीक्षा केन्द्रहरूबाट सयौँ विद्यार्थीहरूको साथमा रहेका व्यक्तिगत मोबाइल फोन तथा स्मार्टवाचहरू जफत गरेर पानी भरिएको ड्रममा डुबाउँदा ठूलो क्षति पुगेको दाबी उनीहरूको थियो । उनीहरूले सम्बद्ध पदाधिकारीमाथि फौजदारी कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।

परीक्षामा निषेधित डिजिटल सामग्री जफत गरी भौतिक रूपमा नष्ट गर्ने अधिकार कुनै पनि कानुनले नदिएको दाबी पनि गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित