मन्त्रिपरिषद्‌मा सुधन गुरूङलाई ५ औं र महावीर पुनलाई ८ औं वरीयता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दै नवनियुक्त मन्त्रीहरूको मर्यादाक्रम (वरीयता) निर्धारण गरेका छन् ।

सम्पत्ति विवरणको छानबिनबाट ‘क्लिन चिट’ पाएपछि गृह मन्त्रालयमा पुनरागमन गरेका सुधन गुरुङ र नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको नियुक्तिसँगै नयाँ वरीयता तोकिएको हो ।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रम अनुसार गृहमन्त्री सुधन गुरुङलाई मन्त्रिपरिषद्‌मा पाँचौं वरीयता दिइएको छ भने नवनियुक्त मन्त्री महावीर पुनले आठौं वरीयता पाएका छन् ।

मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त र गृहमन्त्री गुरुङको वरीयता तोकिएको छ ।

पुनलाई नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी तोक्दै आठौं वरीयता प्रदान गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित