ईभी सवारी जाँचपास: भन्सारका प्रमुखसहित ९ कर्मचारी जिम्मेवारीमुक्त

काठमाडौं । बजेट घोषणाको पूर्वसन्ध्यामा केही भन्सार नाकाबाट विद्युतीय सवारी साधन (ईभी) को शंकास्पद भन्सार जाँचपास भएको विषयमा अर्थ मन्त्रालयले छानविन थालेको छ । मन्त्रालयले रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी विभाग तानेको छ।

अर्थमन्त्री डा. स्वर्णीम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले प्रेस विज्ञप्ति जारी गर्दै भन्सार बिन्दुमै नपुगेका सवारी साधनको जाँचपास भएको भन्ने उजुरीका आधारमा छानबिन समिति गठन गरिएको र सोही समितिको सिफारिसमा जेठ २० गते कर्मचारीहरूलाई कारबाही स्वरूप जिम्मेवारीमुक्त गरिएको जानकारी दिएका छन्।

रसुवासँगै मुस्ताङको कोरोला नाकाबाट भएका कार आयातका सम्बन्धमा पनि मन्त्रालयले गम्भीर चासो देखाएको छ। अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित एक विशेष अनुसन्धान टोली यतिबेला मुस्ताङमा स्थलगत अनुसन्धानमा खटिएको छ।

भन्सार छलीको आशंकामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका कार र आयातकर्ता कम्पनीमाथि सूक्ष्म अनुसन्धान भइरहेको सचिवालयले जनाएको छ।

यसैबीच, अर्थमन्त्रीको सचिवालयले यो प्रकरणलाई लिएर माननीय अर्थमन्त्री डा स्वर्णीम वाग्लेको चरित्र हत्या गर्ने र बजेटलाई विवादित बनाउने उद्देश्यले अफवाह फैलाइएको भन्दै गम्भीर खेद प्रकट गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित