११ जना प्रहरी चैतदेखि सम्पर्कबिहीन !

काठमाडौं । नेपाल प्रहरीका ११ जन कर्मचारी चैतदेखि सम्पर्कबिहीन भएका छन् । प्रहरी प्रधान कार्यलयले सोमबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो।

गैरहाजिर हुने प्रहरीहरूमा प्रहरी सहायक हवलदार राम सकल रावत, ओमबहादुर चौधरी थारू, नरजंग वली छन्।

त्यस्तै प्रहरी जवान पुनम चन्द, हरी भुल, केशर कुँवर, सन्दीप कार्की, नवीन कोइराला, राहुलकुमार साह, राजकुमार गुरूङ र प्रहरी कार्यालय सहयोगी विशाल कुँवर छन्।

उनीहरू गत चैतको विभिन्न मितिदेखि आफूखुशी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनीहरुको खोजतलास गराउँदा तथा प्रहरी नियमावली बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र स्पष्टीकरण सहित हाजिर हुन कार्यालयले निर्देशन दिएको छ। अन्यथा प्रहरी नियमावलीअनसार सेवाबाट हटाइने चेतावनी कार्यालयले दिएको छ।

gairhajir 1779678383 https://newskhari.com/storage/2023/03/Police_headquatar_EgNxcVzkT51679368261.png

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित