काठमाडौं । सरकारले जेठ १४ गते बिदा दिएसँगै लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले बकर ईद-ईद-उल(अज्हा) पर्वको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिएको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिति २०८२/११/१८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको उल्लेख गरिएको छ।
१५ गते गणतन्त्र दिवस छ । गणतन्त्र दिवसमा पनि सार्वजनिक बिदा हुने गरेको छ । १६ गते शनिबार छ । १७ गते आइतबार पनि बिदा नै छ ।
सरकारको निर्णयअनुसार शनिबार र आइतबार दुई दिन बिदा हुने गरेको छ ।






































