काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शेषमति सिद्धार्थ मोडेल स्कुल नजिकै किशोरलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ घर भएर तारकेश्वर बस्ने १८ वर्षीय उज्ज्वल मगर छन् । वैशाख ४ मा आरोपी सहितका ४–५ जनाले खोटाङ घर भएका १९ वर्षीय नवराज गिरीलाई चक्कु प्रहार गरेको आरोप छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले आरोपीलाई बुधबार ललितपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए ।
आरोपीविरुद्ध प्रहरी वृत्त बालाजुले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । अन्य आक्रमणकारीहरूको खोजी भइरहेको एसपी भट्टराईले जानकारी दिए ।



































