सुकुम्वासीलाई प्रतिपरिवार एकमुस्ट २५ हजार पुनर्स्थापना खर्च दिने सरकारको निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका व्यक्तिहरूलाई पुनर्स्थापना खर्चबापत् सरकारले एकमुस्ट २५ हजार रूपैयाँ उपलब्ध गराउने भएको छ। आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले उनीहरूलाई वैकल्पिक व्यवस्था आफैं व्यवस्थापन गर्न ५ सदस्यीय प्रतिपरिवारलाई १५ हजार र सो भन्दा बढी भएकाहरूको हकमा प्रतिसदस्य थप दुई हजार बसोबास व्यवस्थापन खर्च तीन महिनासम्म उपलब्ध गराइने बताए।

साथै वृद्ध, असहाय, अशक्तलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने र बालबालिकाहरूको विद्यालय, स्वास्थ्य सेवासुविधाको विषयमा स्थानीय तहको समन्वय र सहकार्यमा गर्ने निर्णय भएको उनले जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित