काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता सम्बन्धी मुद्दामा शुक्रबार साँझ बहस सकिएको छ भने आजै आदेश आउने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बहस भएको हो। दुई दिनदेखि बहस चलिरहेको थियो। शुक्रबार कांग्रेस सभापति गगन थापाको पक्षबाट कानुन व्यवसायीले बहस गरेका थिए। त्यसपपछि रिट निवेदक कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका हुन्।
देउपा पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएपछि कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले इजलासमा आफ्नो कुरा राखेका थिए। उनले दिनभर नै इजलासमा बहस सुनेका थिए। यसअघि बिहीबार देउवा पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। बिहीबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेर आज बिहान बहस सुरु गरिएको हो।
गत पुसमा विशेष महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो। त्यसलाई निर्वाचन आयोगले मान्यता दिएपपछि निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।




































