रास्वपाले आशिका तामाङलाई स्पष्टीकरण सोध्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

सामाजिक सञ्जालमा पार्टीको विषयमा विभिन्न टिकाटिप्पणी गरेपछि उनलाई स्पष्टीकरण सोध्ने तयारी भएको रास्वपाका एक नेताले जानकारी दिए।

शनिबारदेखि सुरू भएको पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमस्थलबारे पनि उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी छन्।

जावलाखेलको स्टाफ कलेजमा शनिबारदेखि रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रम सुरू भएको छ। आशिकाले सिंहदरबारभन्दा बाहिर कार्यक्रम राखिएकोप्रति सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी छन्।

‘संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल सापटी लिएर गर्नु पर्ने कुनै बाध्यता पक्कै होइन होलारु सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति, बाहिर किन आखिररु बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कसले गर्ने ?,’ उनले भनेकी छन्, ‘कि सांसदहरूलाई सुरक्षाको लागि महँगा हलहरुमा कार्यक्रम गरिएको हो भने के एक दिन मात्र चाहिने हो सुरक्षारु अरु दिन चाहिँ पर्दैनरु हामी आफै परिवर्तनको पक्षमा हिडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उही भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो ?’

यसबारेमा उनलाई स्पष्टीकर सोध्न लागिएको एक नेताले बताएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित