पत्थरीको शल्यक्रिया गर्दा महिलाको मृत्यु, अस्पतालले १ लाख दिने भएपछि परिवारले बुझ्यो शव

काठमाडौं । दुईबुँदे सहमतिसँगै जनकपुरको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शव बुझ्न परिवार तयार भएका छन् । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा शल्यक्रियाको दुई दिनपछि महोत्तरीको बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको थियो ।

मृतक महिलाको परिवारले अस्पताल र चिकित्सको लापर्वाहीले मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेपछि विवाद उत्पन्न भएको थियो । पछि दुवै पक्षबीच भएको सहमतिअनुसार अस्पतालले मृतकका परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिने र ८० हजार रुपैयाँ उपचार खर्च मिनाहा गर्ने निर्णय भएको छ । उक्त सहमतिपछि परिवारजनले शव बुझेर अन्त्येष्टिका लागि घर फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालयको पहलमा डीएसपी मधुसुदन न्यौपानेको नेतृत्वमा भएको वार्तापछि सहमति जुटाइएको हो । घटनापछि बिहानैदेखि अस्पताल परिसर तनावग्रस्त बनेको थियो भने सुरक्षा अवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

पासवानको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया १६ वैशाख साँझ गरिएको थियो । अस्पतालका अनुसार शल्यक्रियापछि शुक्रबार बिहान करिब ३ बजे उनको मृत्यु भएको हो ।

यद्यपि, मृतकका आफन्तले उपचारमा गम्भीर लापर्वाही भएको आरोप लगाउँदै अस्पतालविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरूले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्ने सहमति भए पनि चिकित्सकले पेट चिरेर अप्रेसन गरेको दावी गरेका छन् ।

आक्रोशित भीडले अस्पतालमा तोडफोडसमेत गरेको थियो । तर, उपचारमा संलग्न चिकित्सकले भने बिरामीको स्वास्थ्य अवस्थाअनुसार परिवारकै सहमतिमा चिरुवा शल्यक्रिया गरिएको जिकिर गरेका छन् । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको र उनका तीन सन्तान रहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित