पाल्पामा तीन जना सवार स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । पाल्पामा स्कुटर दुर्घटना हुँदा बुटवलमा दुई जनाको मृत्यु भएको छ।पाल्पाकै नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बेलबासदेखि केहि माथि भ्यु प्वाइन्ट नजिकै ओरोलो सडकमा अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगर रामपथकी १८ वर्षीया पूर्णिमा मगरको मृत्यु भएको हो।

स्कुटरमा तीन जना सवार थिए। स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

मंगलबार साँझ पौने ७ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई तत्काल उपचारका लागि अस्पताल लगिएकोमा निशा र पूर्णिमालाई चिकित्सकले मृत घोषणा गरेको थिए।

पछिल्लो समय पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको नुवाकोटबाट(बुटवल झर्ने कालोपत्रे र फराकिलो बने पनि अत्यन्त ओरालो र छिन छिनमै आउने घुम्तिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ।

बिशेषगरी चाडपर्व, उत्सव वा सार्वजनिक बिदाको दिन युवा युवतीहरु घुमफिरको लागी नुवाकोट नजिकको गन्तव्य बनिरहेको छ। तर अत्यधिक ओरालो र घुम्ति सडकका कारण नुवाकोटको यात्रा जोखिमपूर्ण पनि बनेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित