राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक अधिकारीलाई २५ लाख धरौटीमा छोड्न आदेश

काठमाडौं । विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण र घुस रिसवत मुद्दामा मुछिएका राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

अदालतमा भएको थुनछेक बहसपछि इजलासले अधिकारीलाई थुनामै राखेर पुर्पक्ष गर्नु नपर्ने तर साधारण तारिखमा पनि छाड्न नमिल्ने ठहर गरेको छ। मिसिल संलग्न प्रमाणहरू, बैंक स्टेटमेन्ट, कल डिटेल्स र अन्य प्रतिवादीहरूको बयानलाई आधार मान्दै अदालतले उनलाई २५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारिखमा राख्न आदेश दिएको हो ।

अधिकारीमाथि राजस्व अनुसन्धान विभागको महानिर्देशक रहँदा आफ्नो ओहोदाको दुरुपयोग गरी राजस्व चुहावट नियन्त्रण र अनुसन्धानमा मोलाहिजा गरेको आरोप छ । उनले अन्य प्रतिवादीहरूसँग मिलेमतो गरी ७० लाख रुपैयाँ घुस लिएको र उक्त रकमलाई लुकाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको दाबी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो ।

अख्तियारको अभियोगपत्र अनुसार अधिकारीले घुस बापतको रकममध्ये ५० लाख रुपैयाँ रविन्द्र लामिछानेको नाममा भक्तपुरको मध्यपुर थिमीमा जग्गा खरिद गर्न र २० लाख रुपैयाँ देवेन्द्र के।सी। समेत सञ्चालक रहेकोुद कुटी रिसोर्टुको कर्जा भुक्तानीमा प्रयोग गरेको देखिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित