घरजग्गा कारोबार बढ्यो, ७ महिनामा २७ अर्ब राजस्व संकलन

काठमाडौं । घरजग्गा कारोबारबाट हुने राजस्व संकलन सवा २ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउन–माघ)सम्ममा घरजग्गा कारोबारबाट २६ अर्ब ९६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तो राजस्व संकलन अघिल्लो वर्ष २०८१/८२ को सोही अवधिमा २४ अर्ब ७१ करोड रुपैयाँ संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको मासिक तथ्यांक विवरणले देखाएको छ । घरजग्गा कारोबारबाट भएको यस्तो राजस्व संकलन चालु आवको पहिलो ७ महिनामा २ अर्ब २५ करोड ४७ लाख रुपैयाँले बढेको छ । यो राजस्व बृद्धिदर गत वर्षको तुलनामा ९.१२ प्रतिशतले बढी हो ।

साउनमा ३ अर्ब २८ करोड, भदौमा ३ अर्ब १४ करोड, असोजमा २ अर्ब ७५ करोड, कात्तिकमा २ अर्ब ७४ करोड, मंसिरमा ४ अर्ब ४८ करोड, पुसमा ५ अर्ब १७ करोड र माघमा ५ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

तथ्यांक अनुसार पुसमा यो वर्षकै सबैभन्दा बढी ५ अर्ब १७ करोड रुपैयाँको राजस्व संकलन भएको छ । यो समयमा भएको घरजग्गाको मासिक कारोबार पनि १ लाख ४० हजार छ ।

पछिल्लो सात महिनामा ८ लाख ५६ हजार वटा करोबार भएको छ । यस्तो कारोबार गत वर्षको सोही अवधिमा ८ लाख ४५ हजार वटा थियो ।

घरजग्गा कारोबार पछिल्लो सात महिनामा गत वर्षको सोही अवधिको तुलनामा १० हजार ३४९ ले बढेको छ । यस्तो कारोबार गत वर्षको तुलनामा चालु आवमा १.२ प्रतिशतले मात्रै बढी हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित